मेलबर्न । अष्टेलियाको मेलबर्नमा जारी एक्सपर्ट न्याभ कप क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज चौथो चरणका खेलहरु हुँदैछन् ।

स्थानीय टीडब्लु ब्लेक पार्कमा भैरहेको खेलमा आज पनि तीन खेलहरु हुँदैछन् । आज सगरमाथा स्टार्ससँग नेपालय राइनोजले भिड्दैछ भने दोस्रो खेलमा सगरमाथा रेनेगेड्स र नर्रे किङ आमनेसामने हुँदैछन् । आजै हुने अन्तिम खेलमा भने हिमालयन हुरीकेनसँग इष्टर्न वरियर्सले प्रतिस्पर्धा गर्नेछ ।

टुर्नामेन्टमा गोर्खाली लायन्सले भने बाइ पाएर सीधै अर्को चरणमा स्थान पक्का गरेको छ ।

नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभले हरेक वर्ष आयोजना गर्दै आएको न्याभ कप यहाँको नेपाली समुदायमा निकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको छ । यसपटकको न्याभ कप गत जनवरी २२ बाट शुरु भएको हो ।

यो प्रतियोगिता हरेक आइतवार हुँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments