काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको छ । खेलको १३ औँ मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५३ औँ मिनेटमा हाजार्डले र ८५ औँ मिनेटमा फ्याब्रिगासले गोल गरे । खेलको अतिरिक्त समयमा आर्सनलका लागि जिरार्डले एक गोल फर्काए ।

५९ अंकसहित लिगको शीर्षस्थानमा रहेको चेल्सी तेस्रो स्थानमा रहेको आर्सनलभन्दा १२ अंकले अघि छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको पनि आर्सनलकै समान ४७ अंक छ । तर उसले एक खेल कम खेलेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments