काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा फोन गर्नेलाई गीत सुनाउनका लागि सिआरबिटी अर्थात ‘कलर रिङ ब्याक टोन’को व्यवस्था थालेको छ ।

टेलिकमले वार्षिकोत्सवको अवसर पारेर स्थगित भएको सिआरबिटीलाई पुनः निरन्तरता दिएको हो ।

हाल १५ दिनका लागि निशुल्क यो व्यवस्था गरिएको टेलिकमका सहप्रवक्ता शोभनदेव पन्तले जानकारी दिनुभयो ।

मोबाइलमा सिआरबिटी सेट गर्नका लागि १४५५ डायल गरेर निर्देशनअनुसार भाषा छनौट गर्ने र टप टेन नेपाली, हिन्दी वा अन्य गीतहरु मोबाइलमा सेट गर्न सकिनेछ । यसरी सिआरबिटी सेट गरेपछि सो नम्वरमा फोन गर्नेले धुन तथा गीत सुन्न सक्नेछ ।

Comments