एजेन्सी । दुई वटा नेशनल फिल्म अवार्ड जितिसकेकी अभिनेत्री कंगना रनौत बेलाबेला विभिन्न गसिपका कारण चर्चामा आउने गर्छिन् ।

’क्वीन’ र ’तनु वेड्स मनु“बाट आफूलाई बलिउडमा स्थापीत गरेकी कंगना विभिन्न विवाद लिएर कहिले काँही प्रहरी समक्ष नै पुग्ने गर्छिन् । एक दशकदेखि बलिउडमा काम गरिरहेकी कंगनाले अहिलेसम्म आफूले बलिउडमा कुनै साथी नबनाएको बताएकी छन् । त्यसैलाई  उनी आफ्नो सफलताको कारण मान्दै आएको बताउछिन् ।

यदि साथी सफल वा आफू सफल भयो भने यसबाट सम्बन्धमा समस्या आउने उनको दाबी छ । अझ फिल्म उद्योगमा प्रेम प्रसङ्ग हुनु धेरै खराब भएको उनले प्रतिक्रिया दिएकी छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.
career-in-aus

Comments