मेलबर्न । अष्ट्रेलिया राम्रो शिक्षा भएको देशमध्येमा पर्दछ ।  त्यसैले यहाँ वर्षेनि विभिन्न देशबाट लाखौँ युवाहरु अध्ययनको लागि आउँछन् । नेपाली विद्यार्थीहरुको संख्या पनि वर्षेनी बढ्दो क्रममा रहेको छ ।

अष्ट्रेलिया शैक्षिक गन्तव्य बन्नुको कारण

यहाँका युनिभर्सिटी र कलेजहरुमा २२,००० कोर्सहरु पढाइन्छ । १,१०० शैक्षिक संस्थाहरु, विभिन्न अनुसन्धान संस्थाहरु रहेका छन् । विश्वका १०० उत्कृष्ट विश्वविद्यालयमध्ये ७ वटा अष्ट्रेलियाका विश्वविद्यालय छन् । यहाँको विश्वविध्यालय नीति विश्वमै आठौँ स्थानमा पर्दछ जुन यु.के, जर्मनी, जापान भन्दा अगाडि हो ।

संसारको सबै भन्दा खुशी देशहरुमा अष्ट्रेलिया चौथो स्थानमा पर्छ ।  यहाँको शैक्षिक संस्थाहरु विध्यार्थीहरुको लागि उपयुक्त हुने स्थानमा छन् । अष्ट्रेलियाको सरकारले वार्षिक २००,०००,००० डलर भन्दा बढी छात्रवृत्ति प्रदान गर्छ । विद्यार्थीहरुको लागि यु.के र अमेरिका पछिको तेस्रो गन्तव्यको रुपमा विश्वमै चिनिएको छ ।

पढाइ खर्च :

अष्ट्रेलिया सरकारले दिने छात्रवृत्ति एकदमै प्रतिश्पर्धात्मक हुन्छ ।  अष्ट्रेलियाको पढाइ खर्च पढ्ने विषय र अवधिको आधारमा फरक फरक हुन सक्छ ।  पढाइको तह अनुसार पनि पढाइ खर्च बढ्दै जान सक्छ ।

अन्डर ग्राजुएट ब्याचलर डिग्रीको लागि औसत डलर १०,००० देखि डलर ३३,००० सम्म वार्षिक रुपमा लाग्छ ।  पोस्ट ग्राजुएट मास्टर डिग्रीको लागि वार्षिक डलर २०,००० देखि ३७,००० लाग्छ । डाक्टर डिग्रीको लागि वार्षिक डलर १४,००० देखि ३७,००० लाग्छ  । सरकारी संस्थामा कम र निजीमा बढी खर्च लाग्छ ।

बसाइ खर्च :

बसाई खच आफू कुन ठाउँमा बस्ने त्यो अनुसार फरक हुन्छ ।  जस्तो कि शहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रमा कम खर्च लाग्छ । होस्टल र गेस्टहाउसमा बस्दा हप्ताको ८० देखि १३५ डलर सम्म खर्च हुन्छ ।  साझेदारी भाडामा बस्दा हप्ताको ७० देखि २५० डलर सम्म खर्च हुन्छ । एक हप्ताको खर्च होमस्टेमा ११० देखि २७० डलर र भाडामा बस्दा १०० देखि ४०० डलर हुन्छ ।

एक हप्तामा खानाको लागि ८० देखि २०० डलर,ग्यास र बिजुलीमा ६० देखि १०० डलर, फोन र इन्टरनेटमा २० देखि ५० डलर,गाडी भाडा १० देखि ५० डलर र मनोरञ्जनमा ५० देखि १०० डलर खर्च हुन्छ ।

भाषा :

अष्ट्रेलियाको अफिसियल भाषा भनेर छुट्टाइएको छैन । विभिन्न भाषाहरु भएपनि अंग्रेजी भाषालाई चलनचल्तीमा र कार्यालयका कामहरुमा प्रयोग गरिएको छ । त्यसैले राम्रो अंग्रेजी ज्ञान हुनु आवश्यक छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments