काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब फिल्ममा देख्न पाइने भएको छ । उनको जीवनीमा केन्द्रित रहेर बन्दै गरेको चलचित्र ‘रातो सूर्य’का लागि अध्यक्ष ओलीले दुई वटा दृश्यको छायांकन समेत गरिसकेको निर्देशक दीपेन्द्र दाहालले जानकारी दिए ।

अहिलेसम्म फिल्मको करिव २० प्रतिशत छायांकन सकिएको निर्देशक दाहालले बताए । शहीद दिवसका दिन काठमाडौंको माइतीघर मण्डलामा फहराइएको नेपालको सबैभन्दा ठूलो भनिएको राष्ट्रिय झण्डा कुनै औपचारिक कार्यक्रमको नभएर ‘रातो सूर्य’ को छायांकन भएको पनि दाहालले बताए ।

यस चलचित्रमा ओलीका १५ दृश्य रहनेछन् । ४५ वर्षदेखि यताको उमेर कथामा ओली आफै देखिनेछन् भने त्यसअघिको उमेरको कथामा अनुपम खनालले ओलीको भूमिका निर्वाह गर्दैछन् । फिल्मको मंसिर २८ गते कार्यक्रमको आयोजना गरेर शुभमुहर्त गरिएको थियो । चलचित्र दशैंको सेरोफेरोमा रिलिज गर्ने निर्देशक दाहालको तयारी रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments