मेलबर्न । अष्ट्रेलिया सरकारले नेपाल जान चाहने आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अष्ट्रेलियाको केन्द्र सरकारको विदेश मामिला तथा व्यापार मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै नेपालमा रहेका अष्ट्रेलियालीहरूले आफ्नो व्यक्तिगत सुरक्षाका लागि विशेष ध्यान दिन र सम्भावित खतराबारे जानकारीका लागि स्थानीयतहमा चनाखो रहन आग्रह गरेको छ ।

नेपालमा स्थानीय तहको लागि चुनावको मिति घोषणा गर्नुभन्दा अगाडि सरकारद्वारा संविधान संशोधनको आफ्नो माग पुरा नगरे आन्दोलन गर्ने भनि मधेसी मोर्चाद्वारा चेतावनी दिएको केहि दिनपछि अष्ट्रेलियाली सरकारको यो पछिल्लो निर्देशन आएको हो ।

बिरोध प्रदर्शन र सार्वजनिक स्थलहरुमा ठूलो संख्यामा मानिसहरु भेला भएका अवस्थामा हिंसा भड्किन सक्ने सम्भावना भएकोले ती स्थानहरु नजान समेत अष्ट्रेलियन सरकारले आफ्ना नगरिकलाई आग्रह गरेको हो ।

सन् २०१५ को बिनासकारी भूकम्प पछि केही पदमार्गहरु समेत प्रभावित भएको कारण सुरक्षालाई ध्यानमा राख्दै पद यात्रामा एक्लै नजान पनि सरकारले सचेत गराएको छ ।

नेपाल भ्रमण गर्नु अगाडि अस्ट्रेलिया सरकारद्वारा संचालित स्मार्ट ट्राभलर वेबसाइटमा आफ्नी यात्राबारे जानकारी दर्ता गराउन आब्हान समेत गरेको छ । नेपालमा पछिल्लो पटक देखिएको राजनीतिक अस्थीरता र निर्वाचनको घोषणाले सम्भावित खतरा बढेको महसुस गर्दै अष्ट्रेलियाले यस्तो आब्हान सार्वजनिक गरेको हो ।

गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका सचिव टोनु गोथानेले भने सरकारको यस्तो घोषणाले मुलुकको पर्यटन क्षेत्रमा असर पर्न सक्ने हुनाले राज्यले तुरुन्तै मुलुकमा यस्तो केही नरहेको र शान्तिपूर्वक हिड्डुलमा असर नपर्ने बचनबद्धता दिलाउन सक्नुपर्ने बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments