मेलबर्न । अष्ट्रेलियामा फेरि मेगा म्यूजिकल इभेन्ट हुने भएको छ । नेप्ले इभेन्टस्को आयोजनामा यसपटक पनि फेरि बजाउँछ अष्ट्रेलिया हुने भएको हो । बजाउँछ अष्ट्रेलियाको यो सेकेण्ड एडिसन हो । गत वर्ष अष्ट्रेलियाका विभिन्न शहरमा बजाउँछ अष्ट्रेलिया आयोजना गरिएको थियो,जुन निकै भव्य रहेको थियो ।

आगामी १७ अप्रिलमा मेलबर्नमा हुने बजाउँछ अष्ट्रेलिया २ मा यसपटक नेपालका चर्चित कर्म ब्याण्डको साथमा नेपाली पप लिजेण्ड सञ्जय श्रेष्ठको प्रस्तुति रहनेछ । हुक्का मेरो डल्ले डल्ले नली नलिई खान्न गीतबाट निकै चर्चामा आएको कर्म ब्याण्डका अरु केही गीतहरु समेत चर्चित छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausपचासको दशकमा क्रस रोड ब्याण्डबाट ख्याति कमाएका गायक सञ्जय श्रेष्ठका टाढा नजाइ देउ तिमी,एउटा गाउँ थियो,मेलम्ची पानीले लगायतका दुई दर्जन बढी हिट गीतहरु रहेका छन् । त्यसैले यसपटकको बजाउँछ अष्ट्रेलिया अझ मेगा हिट रहने आयोजकको विश्वास छ ।

यो मेगा हिट कार्यक्रममा सहभागी हुन चाहनेले अग्रीम टिकट बुकिङ गर्न पाइने व्यवस्था समेत मिलाइएको छ । २५ डलर टिकटदर रहे पनि प्रिबुकिङ गर्नेले १५ डलरमै टिकट प्राप्त गर्न सक्नेछन् ।

यस स्टडी अष्ट्रेलियाको प्रायोजनमा हुने बजाउँछ अष्ट्रेलियाबारे थप जानकारी र समाचारहरु हिमालयन कङ्गारुले निरन्तर प्रकाशन गर्दै जानेछ ।

Comments

comments