मलेसियामा जारी एसीसी यु–१६ प्रीमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

मलेसियाको किन्रारा ओभल मैदानमा आज भएको खेलमा नेपालले सिंगापुरलाई ४९ रनले हराएसंगै नेपालले दास्रो जित हात पारेको हो । टस हारेपछि व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । नेपालका कप्तान सुमित महर्जनले ४१ रन बनाए भने प्रनित थापाले ३२ रन जोडे । बलिङतर्फ सिंगापुरका ए उछिलले तीन विकेट लिए ।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछयाएको सिंगापुरले ३५ ओभर २ बलमा अलआउट हुनुपुर्व ९४ रन मात्रै बनाउन सक्यो । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन शर्राफले १२ रन खर्चदै ४ विकेट लिए । आजै भएको अर्को खेलमा बहराइनले थाइल्याण्डलाई ७ विकेटले हराएको छ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आइतबार ओमानसँग खेल्नेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो थाइल्याण्डलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा नेपालसँगै थाइल्याण्ड, सिंगापुर, मलेसिया, बहराईन र ओमान सहभागी छन् ।

Comments

comments