काठमाडौं । गएराति भएको अफ्रिका कप अफ नेशनस् फुटवलमा क्यामरुन घानालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफमा दुई गोल गर्दै क्यामरुन फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको ७२ औं मिनेटमा माइकल नाडुयले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा क्रिस्टियन प्यासागोले गोल गर्दै क्यामरुनको अग्रतालाई दोब्बर बनाए ।

बल पोजिशन आफ्नो पक्षमा पकड राखेपनि घानाले भने गोल गर्न सकेन । घानाले पाएको सुन्दर मौकालाई गोल गर्न नसकेको प्रशिक्षकले बताएका छन् ।

घानालाई २–० ले हराएसँगै क्यामरुन फाइनलमा प्रवेश गरेको छ । फाइनलामा क्यामरुनले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । बुर्किना फासोलाई टाइब्रेकरमा पराजित गर्दै इजिप्ट यस अघिनै अफ्रिका कप अफ नेशनस्को फाइनलमा प्रवेश गरेको छ ट्राइब्रेकरमा इजिप्टका ४४ वर्षे गोलकिपर नायक बनेका थिए । गोलकिपर एसाम अल हाडरीले बट्र्रेनटाउरेको पेनाल्टी प्रहार रोकेका थिए ।

पेनाल्टी सुट आउटमा बुर्किना फासोलाई ४–३ ले हराउँदै इजिप्ट फाइनल पुगेको थियो । यी दुई बिचको खेल फ्रेबुअरी ६ मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments