काठमाडौं । मधेसलाई टुक्राउने अभियानका मतियार सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वतन्त्र मधेस भन्दै मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउँदै  आएका राउतलाई राउतलाई प्रहरीले बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकैबाट पक्राउ गरेको हो । माछाबजार नजिकैको एक कोठामा प्रहरीले छापा मारेर राउतलाई पक्राउ गरेको हो । सप्तरी स्थायी घर भएका राउत केहि  समय देखि जनकपुरमा डेरा गरि बस्दै आएका थिए ।

राउतलाई पक्राउ गरि लाहान पठाईएको छ । राउतमाथि राज्य विरूद्धको संगठित अपराध मुद्दा दर्ता भएपछि सिराहा र धनुषाको प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

यहि माघ ५ गते राउतले सिराहाको लाहानमा आयोजित सभा सभाका क्रममा देश टुक्राउने अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गर्न ब्यापक दबाब पर्दै आएको थियो । केहि समय अघिदेखि राउतले मधेशमा छुट्टै राज्यको माग गर्दै  ’स्वराज’ अभियान चलाइरहेका छन् ।

राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी भईरहेको बुझिएको  छ । यो मुद्दा चलाउन उनलाई काठमाडौं ल्याउर विशेष अदालतमा उपस्थित गराउनु पर्ने हुन्छ ।  यसअघि पनि उनीमाथी विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, त्यसबेला उनी धरौटीमा छुटेका थिए ।

यस पटक उनी विरूद्ध आरोप प्रमाणित भए उनलाई आजन्म कैद सम्मको सजाय हुन सक्ने छ ।

राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ अनुसार राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए  जन्मकैद वा १० वर्षसम्म कैद सजायँ सक्ने ब्यावस्था छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments