उर्जामन्त्री राधा ज्ञवालीले बिद्युत ब्यापार सम्झौता पिटिएका लागि भारतले पठाएको प्रस्ताव जस्ताको त्यस्तै स्वीकार गर्नुपर्छ भन्ने दवाव आफूलाई आएको खुलासा गर्नुभइको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले भारतले पठाएको  प्रस्तावको कार्यान्वयन गर्नै पर्ने दवाव र कुनै पनि हालतमा पिटिएनै गर्नै हुदैन भन्ने दवावकाबीच आफूले दुवै अतिवादी सोचलाई वास्ता नगरि राष्ट्रको हितमा काम गरिरहेको बताउनुभयो ।

भुटान, बंगलादेश र भारतका प्रधानमन्त्रीसँगको भेटपछि आफू बिद्युतको विकाशमा उत्साहित भएको बताउदै उर्जामन्त्री ज्ञवालीले ती भेटपछि चारैदेश मिलेर विद्युतको विकाश गर्नुपर्छ भन्ने मान्यता आफूमा भएको उल्लेख गर्नुभयो । पिटिएका लागि भारतले पठाएको प्रस्तावको बारेमा आवश्यक अध्ययन भएर गृहकार्य पुरा भइसकेकोेले अव भारतसँग छिट्टै यसबारेमा वार्ता हुने जानकारी दिनुभयो ।

पिटिएले लगानीलाई आकषिर्त गर्ने ,बिद्युतको बिकास हुने र बिद्युतको बिकासले मात्रै मुलुक समृद्ध हुने उहाँको भनाई छ ।’ बैकल्पिक उर्जा आफ्नो मन्त्रालय बाहिर हुनु र लगानी बोर्डले पाँच सय मेगावाट माथिका योजना हेर्ने ब्यवस्थाप्रति मन्त्री ज्ञवालीले असन्तुष्टी ब्यक्त गर्नुभयो ।

Please follow and like us:

Comments