मेलबर्न । तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा डम्फू साँझ हुँदैछ ।

भोलि शुक्रवार स्थानीय थनबरी थियटरमा हुने डम्फू साँझमा अन्ततः यतिखेरका चर्चित कलाकार बुद्धि तामाङ हैटको प्रस्तुति पनि हेर्न पाइने भएको छ । यसअघि सिड्नीमा आयोजित डम्फू साँझमा पनि बुद्धि तामाङ अतिथि कलाकारका रुपमा उपस्थित हुने प्रचार प्रसार गरिए पनि प्राविधिक कारणले अनुपस्थित रहेका थिए । यसले गर्दा मेलबर्नको डम्फू साँझमा पनि हैट अनुपस्थित रहने हो कि भन्ने आशंकामा दर्शकहरुले खल्लो महसूस गरेका थिए । तर आयोजक तामाङ सोसाइटी अफ भिक्टोरियाले विशेष तदारुकताका साथ गरिएको पहलले अन्ततः हैट मेलबर्न आइपुग्नुभएको छ । उहाँलाई अध्यक्ष बम योञ्जनले विमानस्थलमा स्वागत गर्नुभयो ।

damfuडम्फू साँझमा अर्का चर्चित गायक रोज मोक्तानको पनि प्रस्तुति रहनेछ । उहाँ यसअघि सिड्नीमा आयोजित डमफू साँझमा पनि उपस्थित हुनुहुन्थ्यो । डम्फू साँझ शुक्रवार साँझ ६ बजेदेखि शुरु हुनेछ ।

त्यसअघि विहीवार साँझ दुई जना पाहुना कलाकारको सम्मानमा गुर्खाज ब्रुन्सवीकमा मिट एण्ड ग्रिट कार्यक्रम हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments