काठमाडौं । एमाले अध्यक्ष केपिशर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीमाथि निषेधको राजनीति गरिरहेको दाबी गर्नुभएको छ ।

एमाले पार्टी कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सार्वजनिक लेखा समितिको सभापति समेत आफैले लिएर सरकारले प्रतिपक्षी माथि निशेषधको राजनीति गरेको बताउँनुभयो । उहाँले भन्नुभयो ‘प्रतिपक्षमा एमालेलाई किन राखिरहनु हन्छ ? त्यत्रो तागत छ भने प्रतिपक्षबाट हामीलाई हटाएर अर्कैलाई राख्नुस् ।’

उहाँले प्रधानमन्त्री दाहाललाई संयमित भएर बोल्न आग्रह पनि गर्नुभयो । एमालेले राष्ट्रवादको कुरा उठाइरहँदा प्रधानमन्त्री दाहालले वाईसिएलका कार्यकर्तालाई उत्तेजित पार्नेकाम गरेको आरोप लगाउँदै ओलीले एमाले मुठभेडको प्रतिकारको आवस्थामा नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले बुद्धिजिवीहरुलाई पनि व्यंग्य गर्दै भन्नुभयो ‘कपडा नकाटे मुसाको दाँत पलाउने भएकाले कपडा काटे जस्तै यो देशको बुद्धिजीवीले पनि देशलाई नोक्सान हुने गरी काटिरहेका छन् । उल्टै उनीहरु नै प्रश्न गर्छन् मैले तिमीलाई हिर्काकै छैन आँसु किन निकाल्छौ ?’

पत्रकार सम्मेलनमा एमालेले आगामी  फागुन २१ गते देखि गर्न लागेको २ हप्ते मेचिमहाकाली अभियानको तयारीका बारेमा जानकारी गराइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments