मेलबर्न । राम्रो करियर र सुनिश्चित भविष्यको लागि बिजनेस स्टडिजमा पोस्ट ग्राजुएट गर्न चाहने विद्यार्थीहरुको लागि भिक्टोरिया युनिभर्सिटीले अष्ट्रेलियाको मेलबर्नमा “पोस्ट ग्राजुएट बिजनेस इन्फर्मेसन इभनिङ“ को आयोजना गरेको छ ।

उक्त कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो रुचि र लक्ष अनुसारको पढाई छनोट गर्न सहयोग गर्ने आयोजकले जनाएको छ । कार्यक्रम आज बुधवार साँझ ५ बजेदेखि ७ बजेसम्म हुनेछ ।

कार्यक्रममा विषयसंग सम्बन्धित शैक्षिक र व्यवसायिक दुवै तर्फका व्यक्तित्वहरुसंग विद्यार्थीहरुले अन्तरक्रिया गर्न सक्नेछन् । भिक्टोरिया युनिभर्सिटी राम्रो विश्वविद्यालय मध्येमा गनिन्छ । यसले विभिन्न किसिमको छात्रवृत्ति पनि प्रदान गर्छ । भिक्टोरिया युनिभर्सिटीको बारेमा विस्तृत जानकारी यस कार्यक्रममा लिन सकिनेछ ।

कार्यक्रम मेलबर्नको सिटि फ्लिन्दर्स स्ट्रीटमा रहेको सिटि फ्लिन्दर्स कलेजमा हुनेछ । रातिको लागि आवेदन दिन चाहने विद्यार्थीले , पासपोर्ट अथवा जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रहरु र ट्याक्स फाइल नम्बर आफूसंगै ल्याउनुपर्नेछ ।

कार्यक्रममा सहभागिताको लागि भिक्टोरिया युनिभर्सिटीको वेबसाइटमा गएर अनलाइन रजिस्ट्रेसन गर्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments