काठमाडौ । बार्सिलोनाका सबै खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको उपस्थिति क्लबका लागि निकै महत्वपूर्ण हुन्छ । मेस्सीमा बार्सिलोना निर्भर छ भन्दा पनि फरक पर्दैन । तर मेस्सीसँगको सम्झौता भने बार्सिलोनाको प्राथमिकतामा नपरेको भन्दै समर्थकले चासो पनि देखाएका छन् ।

मेस्सीले यो सिजन अहिलेसम्म २८ खेल खेलेका छन् । त्यसमध्ये २२ खेलमा उनले गोल गरेका छन् वा गोलका लागि सहयोग गरेको छन् । यसको अर्थ ७८.५७ प्रतिशत खेलमा भएका गोलमा मेस्सीको संलग्नता छ । मेस्सी एथ्लेटिको मड्रिड, एलाभेस, एथ्लेटिको बिल्बाओ, ग्रनाडा र रियल मड्रिडसँगको खेलमा मात्रै गोलमा संलग्न भएका छैनन् । ला लिगामा उनले अहिलेसम्म १५ गोल गरेका छन् ।

उनी भन्दा लुइस स्वारेज मात्रै अघि छन् । च्याम्पियन्स लिगमा उनले अहिलेसम्म पाँच खेल खेलका छन् चोटका कारण मोनचेङग्लाड्बाचसँगको खेल गुमाएका मेस्सीले खेलेका सबै पाँच खेलमा गोल गरेका छन् । कोपा डेल रेमा पनि उनले गोल गरेका छन् ।

उनको बार्सिलोनासँगको सम्झौता सन् २०१८ को जुनमा सकिने भएपनि नयाँ सम्झौता भने हुन सकेको छैन । यो सिजन सबै प्रतियोगितामा अहिलेसम्म खेलका २८ खेलमा २९ गोल र १२ गोलका लागि सहयोग गरेका मेस्सीसँगको सम्झौता कहिले हुन्छ भन्ने चासोको विषय बनेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments