नेपाली चलचित्रकी एक नायिकालाई यौवन बिक्रीका लागि आह्वान गर्दै गरेको अवस्थामा फेला पारेको छ  । काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा यौबन बिक्रीका लागि तयारी अवस्थामा भेटिएकी ती नायिका हुन् अर्चना डेलाला ।  उनले वास्तविक जीवनमा नभई चलचित्र आवेगको आइटम नृत्यमा यौवन बेचेकी हुन् ।

बिहीबार सुरु भएको आइटम गीतको कविराज गहतराजले नृत्य निर्देशनले गरेका हुन् भने डेलालालाई क्यामरामा कैद गर्ने काम गरिरहेका पुरुषोत्तम प्रधानले गरेका छन् । यो महंगो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको छ । निर्माता समेत रहेका गीतकार सूर्य कार्कीले यसअघि ‘मेरो जीवन साथी’मा पनि महंगो सेट लगाएका थिए । ‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् ।

गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए । यमन म्यूजिक र वी.एन फिल्म्सको प्रस्तुतीमा बन्ने सिनेमामा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध रहनेछ ।

Comments

comments