एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट परिवर्तनगामी संविधान बन्ने आशंका उत्पन्न भएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले संबिधानसभामा यथास्थीतिवादी र प्रगतिवादी दुई खेमा रहेकाले परिवर्तनगामी संविधान बन्ने आशंका उत्पन्न भएको बताउनुभएको हो ।

विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि पनि यसपटक संविधान बन्ने पर्नेमा जोड दिनुभयो । मुलुक राजनीतिक सक्रमणकालको अन्त्यमा रहेकाले संविधान निर्माणपछि मुलुकले गति लिने उहाँको भनाई छ ।

Comments