काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानको रियल मड्रिडले चार अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० ले हरायो ।

१० खेलाडीमा सीमित भएको रियल सोसिडाडलाई हराउने क्रममा रियल मड्रिडका लागि माटेओ कोभाकिक, क्रिष्टियानो रोनाल्डो र अल्वारो मोराटाले गोल गरे ।

३८ औं मिनेटमा कोवाकिकले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई १–० को अग्रता दिलाए । ५१ औं मिनेटमा रोनाल्डोले रियल मड्रिडको अग्रता दोब्बर पारे ।

रोनाल्डोले ला लिगामा यो सिजन १५ खेलमा १३ गोल गरेका छन् । ७४ औं मिनेटमा इनिगो मार्टिनेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल सोसिडाड १० खेलाडीमा सीमित भयो ।

८२ औं मिनेटमा मोराटाले गोल गरेपछि रियल मड्रिडले ३–० को जित दर्ता गर्‍यो । जितपछि शीर्ष स्थानको रियल मड्रिडको १९ खेलबाट ४६ अंक भएको छ । एक खेल बढी खेलका दोस्रो र तेस्रो स्थानका बार्सिलोना र सेभिल्लाको ४२ अंक छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments