मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारी एक्सपर्ट न्याभ कप क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइतवार सम्पन्न दोस्रो हप्ताका खेलहरुमा हिमालयन हुरिकेन्स,नर्रे किङ्स र सगरमाथा रेनेगेड्स क्लब विजयी भएका छन् ।

स्थानीय टीडब्लु ब्लेक पार्कमा जारी प्रतियोगिताको दोस्रो हप्ताका खेलहरुमा हिमालयन हुरिकेन्सले गोर्खाली लयन्सलाई पराजित गर्यो । यस्तै दोस्रो खेलमा इष्टर्न ब्लुजलाई पराजित गर्दै नर्रे किङ्स विजयी बन्यो भने सगरमाथा स्टार्सलाई हराउदै सगरमाथा रेनेगेड्सले पनि जित दर्ता गरेको छ ।

प्रतियोगितामा हिमालयन हुरिकेन्सका आशिष दाहाल,नर्रे किङ्सका किशोर कँडेल र सगरमाथा रेनेगेड्सका विकेश श्रेष्ठ एक्सपर्ट एजुकेशन म्यान अफ द म्याच घोषित भए ।

दोस्रो साताको खेलको समाप्तिसम्ममा सबै खेलहरुमा विजयी बन्दै हिमालयन हुरिकेन्सले कुल ९ अंक जोडदै टुर्नामेन्टको शीर्ष स्थानमा रहन सफल भएको छ ।

जनवरी २२ देखि शुरु भएको टुर्नामेन्टको तेस्रो हप्ताका खेलहरु आगामी फेब्रुअरी ५ मा हुने संयोजक तारा गैरेले हिमालयन कङ्गारुलाई बताउँनुभयो ।

cricket 1

cricket 2

cricket 3

cricket 5

cricket 8

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments