काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसकोे पुरुष एकलतर्फको उपाधि स्वीट्जरल्याण्डका रोजर फेडेररले जितेका छन् । अाइतबार सकिएको खेलमा नवौं बरियताका स्पेनीस खेलाडी राफेल नाडाललाई ३–२ को सेटमा हराउँदै ३५ वर्षे फेडेररले उपाधि जितेका हुन् ।

१७ औं वरियताका फेडेरर ६–४, ३–६, ६–१, ३–६ र ६–३ ले विजयी भए । पाँचौ पल्ट अष्ट्रेलियन ओपन जितेका फेडेररको यो १८ औं ग्राण्डस्लाम उपाधि हो । उनी सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने पुरुष खेलाडी पनि हुन् ।

उनले सात वर्षपछि अष्ट्रेलियन ओपन जितेका हुन् । सन २०१२ मा विम्बल्डन जितेका फेडेररले त्यसयता कुनै पनि ग्राण्डस्लाम जितेका थिएनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments