काठमाडौ । टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा विकम्बलाई ४–३ ले हराएर टोटनह्यामले पाँचौं चरणमा स्थान पक्का गरेको हो ।

८९ औं मिनेटसम्म ३–२ ले पछि परेको टोटनह्याम त्यसपछि दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । २३ र ३६ औं मिनेटमा पल हेसले गोल गरेपछि पहिलो हाफमा विकम्बले २–० को अग्रता लियो ।

६० औं मिनेटमा सन हेउङ–मिन र ६४ औं मिनेटमा विन्सेन्ट ज्यानसेनले टोटनह्यामका लागि गोल गरे । तर ८३ औं मिनेटमा थोम्प्सनले गोल गरेपछि विकम्बले ३–२ को अग्रता लियो ।

एक मिनेट बाँकी हुँदासम्म ३–२ ले पछि परेको टोटनह्यामका लागि ८९ औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–२ को जित दिलाए ।

यस्तै राति नै भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई ४–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा विलियन, पेड्रो, इवानोविक र बाट्शुयीले गोल गरे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments