मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१७ अन्तर्गत दोस्रो हप्ताका खेलहरु आइतवार हुँदैछन् ।

स्थानीय टीडब्लु ब्लेक पार्कमा जारी प्रतियोगितामा यो आइतवार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इष्टर्न ब्लुज र नर्रे किङ्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा हिमालयन हुर्रिकेन्ससँग गोर्खाली लायनसले प्रतिस्पर्धा गर्दैछ ।

आइतवार नै सगरमाथा स्टार्स र सगरमाथा रेनेगेड्सबीचको रोमाञ्चक प्रतिस्पर्धा पनि हुनेछ ।

navगत साताको खेलबाट कुल ६–६ अंक पाएको हिमालयन हुर्रिकेन्स र गोर्खाली अंकतालिकाको शीर्ष स्थानमा छन् । यस्तै समान ३–३ अंक पाएर इष्टर्न ब्लुज र नर्रे किङ्स दोस्रो स्थानमा छन् । तर सगरमाथा स्टार्स,सगरमाथा रेनेगेड्स र नेपालय राइनोजले भने कुनै अंक पाउन सकेन ।

नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभले हरेक वर्ष यो टुर्नामेन्टको आयोजना गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments