काठमाडौ । लिभरपुल एफए कपबाट बाहिरिएको छ । च्याम्पियनसिप क्लब उल्फ्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको हो ।

खेलमा ७९ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा लिभरपुल २–१ ले पराजित भयो । खेलको पहिलो हाफमा नै दुई गोल खाएको लिभरपुलका लागि ८६ औं मिनेटमा डिभोक ओर्जीले एक गोल फर्काए तर त्यतिखेर निक्कै ढिलो भइसकेको थियो ।

लिभरपुलले सन् २०१७ मा लगातार खराव प्रदर्शन गरिरहेको छ । यो जनवरीमा मात्र खेलेका ८ खेलमा उसले १ खेल मात्र जित्न सकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

 

Comments

comments