काठमाडौं । लण्डनमा आत्महत्या गरेका चर्चित र्याप गायक यमबुद्ध अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ । उनको शनिवार नै अन्तिम दाहसंस्कार गरिदैछ । श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार दिउँसो इत्तेहाद एयरबाट ल्याइएको हो ।

त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिएको थियो ।   २९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

एक दशकअघि नेपार्ली याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उनी ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा थिए ।

Please follow and like us:

Comments