काठमाडौँ । विद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारी संगठनका नेताहरुको हात रहेको पाइएको छ ।
महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएका कर्मचारीहरुको सुक्षम अध्ययन गर्दा उनीहरु राजनीतिक संगठनको आडमा विद्युत् चोरीमा संलग्न रहेको पाइएको  छ ।

वितरण केन्द्रका प्रमुख तथा केही इन्जिनियर समेत त्यसमा संलग्न रहेको पाइएको छ । प्रहरीले सिंगल फेजको लाइन चोरीको मात्रै उजागर गरको हो । डबल र त्रिपल फेजको विद्युत् चोरीका बारेमा पनि सुक्षम अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

त्रिपल फेजको विद्युत् चोरीमा त प्राधिकरणका एक दर्जन बढी इन्जिनियर नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने तयारी गरिएको छ । वितरण शाखाका प्रमुखसँगकै मिलमतोमा विद्युत् चोरी हुने गरेको पाइएको छ । अधिकाशं स्थानमा वितरण केन्द्रका प्रमुख , मिटर रिडर तथा उद्योगी तथा व्यावसायीको मिलोमतामा नै विद्युत् चोरी हुने गरेको अध्ययनबाट फेला परेको छ ।

ऊर्जा मन्त्रालयमा नेकपा(माओवादी केन्द्र)का इमान्दार एवम् स्वच्छ छवी भएका नेता जनार्दन शर्मा मन्त्री बनेर आएपछि प्राधिकरण सुधारको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । प्राधिकरण सुधारका लागि पहिलो शर्त भनेकै आन्तरिक सुधार हो । त्यसका लागि प्राधिकरण भित्रका चोरीमा संलग्न कर्मचारीलाई कारवाही गराउनु वा गर्नु नै पहिलो शर्त हो । प्राधिकरणको सुधार कार्यमा नेपाल प्रहरीले समेत साथ दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments