मेलबर्न । हरेक जनवरी २६ मा अष्ट्रेलियामा राष्ट्रिय दिवस भव्यताका साथ मनाइन्छ ।

दिवसका अवसारमा अष्ट्रेलियाका प्रमुख शहरहरुमा ‘अष्ट्रेलिया डे’ को विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ ।

अष्ट्रेलिया डेलाई देशका सबै नागरिकलाई एकता सूत्रमा बाँध्ने र सुखद भविष्यको कामना गर्ने दिनका रुपमा लिइन्छ । यो दिनले देशको सांस्कृतिक विविधतालाई आत्मसात गर्दै भविष्यकाप्रति आशावादी हुन प्रेरित गर्ने विश्वास लिइन्छ ।

सन् १७८८ को जनवरी २६ का दिन वेलायती क्याप्टेन आर्थर फिलिपले पोर्ट ज्याक्सनमा ब्रिटिश साम्राज्यको झण्डा गाडी अष्ट्रेलियामा वेलायतको औपनिवेशिक राज सुरु गरेका थिए । सोही दिनको स्मरणमा हरेक वर्ष जनवरी २६ तारिखका दिन अष्ट्रेलियामा राष्ट्रिय दिवसका रुपमा ‘अष्ट्रेलिया डे’ मनाइने गरिन्छ । क्याप्टेन फिलिपले पहिलो पटक अष्ट्रेलियाको भूमिमा वेलायतको झण्डा गाडेको दिनलाई सुरुवाती वर्षहरुमा न्यू साउथ वेल्समा मात्रै ‘फाउन्डेसन डे’ का रुपमा मनाइने गरिन्थ्यो । तर दोस्रो विश्व युद्धको समाप्ती सँगै अष्ट्रेलियाका अन्य स्वतन्त्र राज्यहरुवीच पनि एकता भएपछि बाँकी सबै राज्यहरुले पनि ‘अष्ट्रेलिया डे’ मनाउन थाले । सन् १९९४ को जनवरी २६ देखि भने अष्ट्रेलियाभर राष्ट्रिय विदा दिई ‘अष्ट्रेलिया डे’ मनाउन थलिएको हो ।

सन् १९७९ मा ‘अष्ट्रेलिया डे’ लाई राष्ट्रिय उत्सवका रुपमा थप व्यवस्थित रुपमा मनाउन ‘नेसनल अस्ट्रेलिया डे काउन्सिल’को गठन गरियो । यही काउन्सिलले ‘अष्ट्रेलियन अफ द ईयर अवार्ड’ समेत प्रदान गर्दै आएको छ । हरेक वर्ष विविध चार विधामा यो अवार्ड प्रदान गरिन्छ । अस्ट्रेलियाका मूल्य एवं मान्यताहरुलाई उजागर गर्न विशिष्ठ योगदान दिने व्यक्तिलाई यो अवार्ड प्रदान गरिने गरिन्छ । यसलाई अष्ट्रेलिया सरकारले दिने सबै भन्दा प्रतिष्ठित अवार्ड मानिन्छ ।

तर अष्ट्रेलियाका आदिवासी समुदायले भने यही दिन शोक दिवस मनाउँछन् । उनीहरुले अष्ट्रेलियाका विभिन्न शहरमा विरोध र्यालीको आयोजना गर्दै शोक मनाउँने गर्दछन् ।

सन् १७८८ को जनवरी २६ का दिन यहाँका आदिवासी वासिन्दाको स्वाधीनतामाथि वेलायती साम्राज्यले धावा बोलेको स्मरणमा उनीहरुले शोक दिवस मनाउन थालेका हुन् । वेलायती उपनिवेश सुरु भएपछि यहाँका हजारौं आदिवासीहरुको निर्मम हत्या भएको थियो । हजारौं आदिवासीको आफ्नो थातथलो खोसिएको थियो । १९२८ को कोनिस्टन पर्वमा एकैपटक ११० आदिवासी मारिएको इतिहासमा उल्लेख छ ।

re you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausअष्ट्रेलियन डेको अवसरमा यसपटक पनि अष्ट्रेलियाका मुख्य शहरहरु सिड्नी, न्यु साउथ वेल्स, भिक्टोरीया, मेरिल्याण्ड, क्वीन्सल्याण्ड, पर्थ लगायतका शहरहरुमा र्याली, कन्सर्ट तथा अन्य औपचारिक कार्यक्रमहरु भइरहेका छन् ।

बिभिन्न कार्यक्रमहरुमा नेपाली समुदायको पनि उल्लेख्य सहभागीता छ । बिभिन्न संघ संस्थामा आवद्ध नेपालीहरु राष्ट्रिय पोशाक र जातीय पहिरनमा सहभागी छन् । तर अष्ट्रेलियाकै नेपाली समुदायको उल्लेख्य बसोबास रहेको मेलबर्नमा भने नेपालीहरुको कुनै सहभागिता  रहेन। 

Comments