काठमाडौं । फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । दोलखाको कालिञ्चोकमा ‘हिउँ’ सहितका दृश्य कैद गर्दै गर्दा उनी अचानक बेहोस भएर ढलेकी थिइन् ।

priyanka-karki-photo

फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नि गल्ती हुनसक्छ’ बोलको गीतमा निखिल उप्रेतीसँग नाच्दै गर्दा प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले बताए । ‘गीत छायाँकनको क्रममा प्रियंका  बेहोस् भएपछि तत्काल तल होटलमा ल्यायौं, करिब १० मिनेटपछि मात्र उहाँ होसमा आउनुभयो’ निर्माता पोखरेलले बताउनुभयो । अहिलेलाइ नायिका कार्कीको अवस्था सामान्य रहेको बताइएको छ । चिसो मौसमका कारण प्रियंका एक्कासी ढलेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Please follow and like us:

Comments