कास्की । आयोजक सहारा क्लब पोखरामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशलामा बुधबार भएको खेलमा नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै सहारा क्लव फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । बुधबारको जितसँगै आयोजक सहारा क्लवले आर्मीसँग पोहोर सेमिफाइनलमा व्यहोरेको हारको बदला पनि लिएको छ ।

ट्राइब्रेकरमा साहाराको तर्फबाट उत्तम गुरुङ्ग, प्रदिप गुरुङ्ग, शिव सुवेदी र सुशन गुरुङ्गले गोल गरे भने आर्मीको तर्फबाट जीतेन्द्र कार्की, सन्तोष तामाङ्ग र दिप कुमार लामाले गोल गरेका थिए । बुधबारको खेलमा साहाराका गोलकिपर सुजित गुरुङ्ग म्यान अफ द म्याच भए । बिहीबार दोश्रो सेमिफाइनल अन्र्तगत मनाङ्ग मस्र्याङ्गदी र संकटा क्लबबिच खेल हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments