मेलबर्न । धेरै समय लाग्ने र झन्झटिलो कागजी प्रक्रियाबाट यात्रीहरुलाई छुटकारा दिलाउनको लागि अष्ट्रेलियामा नयाँ प्रक्रिया थालिंदैछ ।

अष्ट्रेलियाको एयरपोर्ट र सीपोर्टमा छिटो र छरितो सेवाको लागि पासपोर्ट, कागजात देखाउने र सोधपुछ हुने ठाउँमा मुखाकृति र औंठाछाप चिनारी व्यवस्था ल्याइदैछ । यो प्रक्रिया संसारमै पहिलोपटक यसरी प्रयोगमा आउनेछ ।

यात्रीहरुले आफै आफ्नो पासपोर्ट र आफ्नो शारीरिक बनावटलाई स्क्यान गरेर प्रवेश गर्न सक्नेछन् । अध्यागमन मन्त्रि पीटर डट्टनले यो प्रक्रियाले सुरक्षा व्यवस्थामा समेत सघाउ पुर्याउनेमा विश्वस्त रहेको बताए । पासपोर्ट सबै ठाउँमा देखाउन नपरेपनि आफूसंगै राख्नुपर्ने छ ।

यो नयाँ प्रक्रिया यहि वर्षदेखि सुरु गर्ने मन्त्रि पीटरले बताएका छन् । सुरुमा क्यान्बेराका सीमित फ्लाइटहरुमा परीक्षणका रुपमा लागू गरिने र बिस्तारै देशव्यापी रुपमा अघि लैजाने उनले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments