मेलबर्न । यस वर्षको बहुप्रतिक्षित चलचित्र लुट २ ले अष्ट्रेलियाको मेलबर्नमा नयाँ कीर्तिमान बनाएको छ ।

व्यवस्थापक नेप्ले इभेन्टस्ले जनाए अनुसार अर्को महिना हुने लुट चलचित्रको पहिलो शोको टिकट एक महिना अघि नै सोल्ड आउट आएको छ । मेलबर्नमा आगामी फेब्रुअरी २६ तारिख आईतबारका दिन यस चलचित्रको पहिलो शो राखिएको छ । मेलबर्नमा हुने रेड कार्पेट प्रिमियरमा सहभागी हुन नायिका ऋचा शर्मा पनि आउने तय भएको बताइएको छ ।

चार वर्ष अघि रिलिज भएको लुट चलचित्रले ब्लकबस्टरको उपमा पाएको थियो । त्यही सफल चलचित्रको सिक्वेल हेर्न नेपाल र नेपाल बाहिर रहेका दर्शकहरु व्यग्रताका साथ प्रतीक्षारत छन् । चलचित्र लुट जहाँ सकिएको थियो त्यहीँबाट लुट २ सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

loot

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Please follow and like us:

Comments