मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा “काइट एण्ड रंगोली“ कार्यक्रम हुँदैछ ।

अष्ट्रेलियन ’मल्टिकल्चरल एसोसिएसन’ को आयोजनामा हुने उक्त कार्यक्रममा चंगा उडान र रंगोली प्रतिस्पर्धा हुनेछ । रंगोली प्रतिस्पर्धाको लागि आफ्नो नाम अनलाइनद्वारा दर्ता गर्न सकिने आयोजकले जनाएको छ । चंगा उडानमा सबै उमेर समुहले भाग लिन पाउनेछन् ।

rangoliकार्यक्रममा प्रवेश, खाना र पार्किङ्ग निःशुल्क उपलब्ध गराइनेछ । रंगोलीको लागि निःशुल्क उपहारको व्यवस्था गरिएको छ । मासुजन्य खाद्यपदार्थ, मद्यपान, धुम्रपान भने यो कार्यक्रममा निषेधित छ । कार्यक्रम ५ फेब्रुअरी २०१७ का दिन श्री दुर्गा मन्दिरमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

संस्कृतिको प्रवद्र्धन, बहुसांस्कृतिक समाजमा सामजिक एकता र सद्भाव बढाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । ’काइट एण्ड रंगोली’ कार्यक्रममा श्री दुर्गा मन्दिर र मेलबर्न सिटी काउन्सिलले ’मल्टिकल्चरल एसोसियसनसंग सहकार्य गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments