काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले ८ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले हल सिटीलाई २–० ले हरायो ।

चेल्सीको जितमा डिएको कोस्टा र ग्यारी काहिलले एक एक गोल गरे । फिटनेस प्रशिक्षक तथा मूख्य प्रशिक्षक एन्टोनी कोन्टेसँगको विवादका कारण कोस्टा गएको हप्ता लेस्टर सिटीसँगको खेलमा मैदानमा थिएनन् ।

तर घरेलु मैदानमा भएको हल सिटीसँगको खेलमा पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै कोस्टाले चेल्सीलाई १–० को अग्रता दिलाए ।

८१ औं मिनेटमा काहिलले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो । हल सिटीका रायन म्यासनको टाउकोमा चोट लागेपछि पहिलो हाफमा सात मिनेट समय थय गरिएको थियो ।

म्यासनलाई अक्सिन माक्स लगाएर स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो । यो खेलमा जित निकाल्दै शीर्ष स्थानको चेल्सीको २२ खेलबाट ५५ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको ४७ अंक छ । १६ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments