काठमाडौं । भारतसँगको तेस्रो तथा अन्तिम एक दिवसीयमा इंग्ल्याण्ड विजयी भएको छ । तीन एक दिवसीको श्रृँखलामा अघिल्ला दुई खेल गुमाएर श्रृँखला भारतलाई सुम्पिएको भ्रमण टोली इंग्ल्याण्डले तेस्रो तथा अन्तिम एक दिवसीयमा पाँच रनको जित निकालेको हो । कोलकातामा आइतबार बेलुका सकिएको खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय २२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय १६ रन मात्रै बनाउन सक्यो ।

भारतका केदार जाधबले ९०, हार्दिक पाण्डेयले ५६, कप्तान विराट कोहलीले ५५, युवराज सिंहले ४५ तथा महेन्द्र सिंह धोनीले २५ रन बनाएपनि हार टार्न भने सकेनन् ।

इंग्ल्याण्डका बेन स्टोकले तीन तथा क्रिस वोक्स र ज्याक बलले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ज्यासन रोयको ६५, बेन स्टोकको नटआउट ५७, जोनी बयरस्टोको ५६ तथा कप्तान इयान मोर्गनको ४३ रनको मद्दतमा ८ विकेटको क्षतिमा तीन सय २१ रन बनाएको थियो । भारतका हार्दिक पाण्डेयले तीन तथा रविन्द्र जडेजाले दुई विकेट लिए । अन्तिम खेलमा हारेपछि श्रृँखला भने भारतले २–१ ले जितेको छ । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी खेल पनि हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments