पोखरा । पोखरामा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा धरान फुटबल क्लब लाई ४–१ गोल अन्तरले हराउँदै मनाङले सेमिफाइनलमा स्थान पक्का गरेको हो । मनाङका लागि सुजल श्रेष्ठ र अनिल गरुङले २/२ गोल गरे भने धरानका लागि दीपक राईले १ गोल गरे ।

सुजलले खेलको ३३ औं र ६३ औं तथा अनिलले ४१ औं र ६० औं मिनेटमा गोल गरे भने धरानका तर्फबाट एक मात्र सान्त्वना गोल ७३ औं मिनेटमा दीपक राईले गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments