मेलबर्न ।अष्ट्रेलियामा ५५ वर्षीय गोताखोर ग्रेट बरियर रिफलाई सार्कले आक्रमण गरेको छ । अष्ट्रेलियाको नर्थ कुइन्सल्याण्ड कोस्टमा उक्त घटना घटेको हो । घटनास्थल विकट ठाउँ भएको र पानी परिरहेकोले उद्दारमा कठिनाई भएको जनाइएको छ । घटनाको आठ घण्टापछि मात्र उनको उद्दार भएको थियो ।

उनको हात, छाती र पेटमा असर परेको छ । सार्कले दोहोराएर आक्रमण गरेको थियो । उनको रगत धेरै बगेको बताइएको छ । उनी पानीको सतहभन्दा ५० फिट तल थिए । सार्कले उनलाई पछाडीबाट आएर सुरुमा हातमा र त्यसपछी पेटमा आक्रमण गरेको थियो । त्यो आक्रमणबाट बच्न सकेकोमा उनलाई संगै गएका उनका साथीहरुले भाग्यमानी मानेका छन् । उनि अहिले अस्पतालमा रहेको र खतराबाट मुक्त रहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.
career-in-aus

Comments

comments