एजेन्सी । नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहण समारोहमा उपस्थित जनसमुदायको संख्याबारे मिडिया इमान्दार नभएको आरोप लगाएका छन् । निकै ठुलो संख्यामा भएको उपस्थितिलाइ मिडियाले कम आँकलन गरेर देखाएको ट्रम्पको आरोपे छ ।

डोनाल्ड ट्रम्पले आफुले क्यापिटोलबाट जनतालाई सम्बोधन गर्दा १५ लाख भन्दा बढी मानिस उपस्थित रहेको दावी गरेका छन् ।ट्रम्पको दावी लगत्तै व्हाईट हाउसका प्रेस सचिवले ट्रम्पको सपथमा उपस्थित जनसमुदाय अमेरिकामा कुनै पनि सपथ हेर्न आएका जनसमुदाय भन्दा निकै बढी भएको दावी गरे । तर उनिहरु दुवै जनाले आफ्नो दावी पुष्टि गर्ने कुनै प्रमण भने पेश गरेका छैनन् । उनीहरुले आफ्नो दावी पुष्टि गर्न कुनै तस्वीर समेत प्रस्तुत गरेका छैनन् ।

अमेरिकमा सन् २००९ मा राष्ट्रपति बाराक ओबामाको सपथ ग्रहण सबैभन्दा ठुलो संख्यामा जनसमुदाय उपस्थित थिए । त्यसबेला झण्डै पन्ध्र लाख जनाले ओबामाको सपथ ग्रहण हेरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.
career-in-aus

Comments

comments