कास्की । नेकपा एमालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले  संविधान संशोधनले राष्ट्रिय एकता र समृद्धिमा सहयोग नपुर्‍याउने दाबी गर्नुभएको छ ।  केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै एमाले अध्यक्ष  ओलीले  अहिलेको सरकार चुनाव गराउने मनस्थितीमा नरहेको आरोप समेत लगाउनुभएको छ ।

कास्की जिल्लाकाे पाेखरामा जारी एमालकोे केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेलामा पार्टीका २० वटा मोर्चा संगठनका चार सय जना सहभागी छन् । कार्यक्रममा सहभागीलाई एमाले अध्यक्ष केपी ओलासहित माधवकुमार नेपाल, पृथ्वीसुब्बा गुरुङ्ग, किरण गुरुङ्गलगायतका नेताहरु प्रशिक्षण दिने कार्यतालिका छ । पाेखरामा जारी नेकपा एमालकोे केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण माघ ११ गतेसम्म चल्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments