काठमाडौ । विमान दुर्घटनमा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले दुर्घटनापछिको पहिलो खेलमा बराबरी खेलेको छ ।

गएको नोभेम्बर २९ मा कोलम्बियामा भएको विमान दुर्घटनामा चापेकोएन्सेका धेरै खेलाडीको ज्यान गएको थियो । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलको लिग च्याम्पियन क्लब पाल्मेइराससँग २–२ को बराबरी खेलेको हो ।

चापेकोएन्से २२ नयाँ खेलाडी अनुबन्ध गरेको छ । कोपा साउथअमेरकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित १९ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा बाँच्न सफल भएका तीन खेलाडी पाल्मेइराससँगको मैत्रिपूर्ण खेलको क्रममा एरिना कोन्डा रंगशालमा उपस्थित भएका थिए । डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्न रंगशालमा उपस्थित थिए ।

उनीहरुसहित ६ जना विमान दुर्घटनामा बाँच्न सफल भएका थिए । शनिबार राति भएको खेलमा रंगशालमा २० हजार दर्शक उपस्थित थिए । दुर्घटनामा बाँच्न सफल भएका तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो । दुर्घटनामा बाँच्न सफल भएका रेडियो पत्रकार राफाएल हेन्जेलले खेलको कमेन्ट्री गरेका थिए । यो खेलका लागि विश्वभरका दुई सय ४१ पत्रकार रंगशाला पुगेका थिए ।

खेलको ७१ औं मिनेटमा खेल रोकेर दुर्घटनामा ज्यान गुमाएका तथा बाँच्न सफल भएकालाई दर्शक तथा रंगशालमा उपस्थित सबैले सम्मान प्रकट गरेका थिए । त्यसपछि खेल फेरि नियमित गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Please follow and like us:

Comments