मुसहर बस्तीका लागि सिड्नीमा जुट्यो १७ लाख

 

 

काठमाडौं । महोत्तरीको मुसहर बस्तीमा घर बनाउने अभियानमा जुटेका कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे अष्ट्रेलियामा रकम संकलनमा सरिक छन् । उनीहरु अरु जसरी चन्दा बटुल्दै भने हिँडेका होइनन् । उनीहरु त्यहाँ ‘धुर्मुस सुन्तली साँझ’ गरेर मुसहर बस्तीका लागि रकम जुटाउँदैछन् ।

शनिबार गजबको इभेन्टसद्वारा सिड्नीमा भएको धुर्मुस सुन्तली साझमा मुसहर बस्तीका लागि १७ लाख ४२ हजार रुपैयाँ संकलन भएको कलाकार कट्टेलले आफ्नो फेसबुकमा लेखेका छन् । उनले सबै सहयोगीहरुमा आभार प्रकट गरेका छन् । कट्टेलले आगामी कार्यक्रम मेलबर्न,  ब्रिस्बेनमा हुने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.
career-in-aus

Comments

comments