काठमाडौ । लगातारको दुई हारपछि रियल मड्रिडले जित दर्ता गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई २–१ ले हरायो ।

रियल मड्रिड यसअघि लगातारको ४० खेलको अपराजित यात्रापछिका दुई खेलमा लगातार पराजित भएको थियो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन दुवै गोल सर्जियो रामोसले गरे ।

मालागाका लागि एनोर एकोस्टाले एक गोल फर्काए । रामोसले ३५ र ४३ औं मिनेटमा गरी दुई गोल गर्दै घरेलु टोली रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६३ औं मिनेटमा मालागाका लागि एकोस्टाले एक गोल फर्काए । जितपछि लिग लिडर रियल मड्रिडको १८ खेलबाट ४३ अंक भएको छ ।

रियल दोस्रो स्थानको सेभिल्ला भन्दा चार तथा तेस्रो स्थानको बार्सिलोना भन्दा पाँच अंकले अघि छ । राति नै भएको खेलमा स्पानियोलले ग्रनाडालाई ३–१ तथा भ्यालेन्सियाले भिल्लारियललाई २–० ले हरायो । एलाभेस र लेगानेसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments