सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक्सपर्ट एजुकेशन ईन्टरस्टेट नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

अष्ट्रेलियाका विभिन्न राज्यबाट नेपाली फुटबल टिमहरु सहभागी हुने प्रतियोगिताको आयोजना तामाङ रिक्रियसन क्लबले गर्न लागेको हो । प्रतियोगिता सन् २०१५ देखि सुरु गरिएको थियो । सन् २०१६ मा २० वटा टिम सहभागी बनेको प्रतियोगितामा यसपटक अझ बढी संख्यामा प्रतियोगी टिमहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक टीआरसीका म्यानेजर अनिल तामाङले बताउँनुभयो । उहाँले थप्नुभयो–यसपटक करिब ४ सय जना खेलाडीहरुको सहभागीता हुने अनुमान छ ।

जनवरी २९ मा विहान ८ बजेपछि सुरु हुने प्रतियोगिताको फाईनल भिडन्त पनि सोही दिन हुनेछ । सिड्नीको म्यारिकभिल पब्लिक स्कुलको तीन खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको यो तेश्रो संस्करण हो ।

खेलाडीबीच अनुशासन र भाइचारा बृद्धिका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ । यसका साथै अष्ट्रेलियाका विभिन्न ठाउँमा बसेका नेपालीलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्नका लागि प्रतियोगिता फलदायी हुने अपेक्षा गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments