मेलबर्न । स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएकी भक्तपुर सानोठिमीका क्रिजना पाण्डे अहिले मेलबर्नको एपोलो विश्वविद्यालयमा अध्ययन गर्दैछिन् । उनको अनुभवमा अष्ट्रेलियामा मेहनत गर्न सक्ने विद्यार्थीहरुका लागि करियरको राम्रो अवसर छ । नेपालमा बसेर सोचेको र यहाँ आएर भोगेको अष्ट्रेलियामा निकै अन्तर रहेको बताउँने क्रिजना भन्छिन्–अष्ट्रेलियाले मेहनत गर्न सिकायो । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा ।

तपाईको घर कहाँ हो ?

भक्तपुर सानोठिमी हो ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको मेलबर्नमा रहेको एपोलो विश्वविद्यालयमा ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

स्नातक तहमा टुरिजम एण्ड हस्पिटालिटी विषय पढ्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

आफैले रोजेको विषय हो ।

विद्यार्थी जीवन किन रमाइलो ?

नयाँ कुराहरु सिक्न पाइने भएकोले रमाइलो लाग्छ ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

धेरै गृहकार्य र प्रोजेक्टवर्कले नरमाइलो बनाउँछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausविद्यार्थी जीवनमा लभ गर्नु ठीक हो ?

विद्यार्थी जीवनमा लभ गरेर पढाइ बिगार्नु ठिक होइन ।

कलेजको लेक्चर मिठो कि लभ लेटर ?

मलाई त लेक्चर नै मिठो लाग्छ ।

कक्षामा कतिबेला निन्द्रा लाग्छ ?

कहिलेकाहीं लेक्चर बोरिङ्ग हुँदा निन्द्रा लाग्छ ।

कक्षामै निदाउँदा देखेको कुनै सपना ?

सपना देख्नेगरी त निदाएको छैन ।

अष्ट्रेलियामा आएर के सिक्नुभयो ?

मेहनत गर्न सिकें । नेपालमा हुँदा आफ्नो जिन्दगीका सबै कुरामा अरुमाथि निर्भर भइन्थ्यो । यहाँ आएर आत्मनिर्भर बनें ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

यहाँको सकारात्मक पक्ष भनेको नियम कानुन र कामको अवसर ।

नकरात्मक पक्ष नि ?

स्वार्थीपना यहाँको नकारात्मक पक्ष हो ।

नेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

नेपालमा हुँदा अष्ट्रेलियामा सुख मात्र हुन्छ जस्तो लाग्थ्यो । यहाँ आएपछि संघर्ष बुझियो ।

अष्ट्रेलिया आउन चाहनेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

मेहनत गर्छु, जस्तो परिस्थिति आएपनि संघर्ष गर्नेछु भन्ने मानसिकता लिएर आउनुहोस् । आर्थिक ऋणमा धेरै डुबेर नआउनुहोला, त्यसले धेरै मानसिक दबाब दिन्छ । आफ्नो भिसा सुबिधा, अध्ययन गर्ने संस्थाको बारेमा राम्रोसंग जानकारी लिनुहोला । मेहनत गर्ने हो भने यहाँ अवसरहरु धेरै छन् ।

Comments

comments