काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा आफूहरुलाई प्राथमिकता नदिएको भन्दै सरकारी वकिलले आइतबारदेखि इजलास बहिस्कार गर्ने भएका छन् ।

महान्यायाधीवक्ताको कार्यालय काठमाण्डूमा बसेको सरकारी वकिलको बैठकले सर्वोच्च अदालतसहित देशैभरका सबै तहका अदालत र न्यायाधिकरणमा बहस पैरवी नगर्ने र न्याय परिषद र अदालतविरुद्ध परेका रिटको प्रतिरक्षा नगर्ने निर्णय पनि गरेको छ । उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्ती इतिहासमै सबैभन्दा विवादित बनेको ठहर गर्दै उनीहरुले नियुक्ती सच्याउन माग गरेका छन् ।

सरकारी वकिलले उच्च अदालतमा रिक्त न्यायाधीशको स्थानमा वरिष्ठताका आधारमा सरकारी वकिलबाटै नियुक्ती गर्नु पर्ने र संवैधानिक व्यवस्था अनुसार जिल्ला न्यायाधीश नियुक्त गर्नु पर्ने माग पनि उनीहरुले गरेका छन् ।

Please follow and like us:

Comments