काठमाडौ । स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा १–० ले हराएको हो ।

बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको गोल नै निर्णयक बन्यो । यो खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि खेलेका थिए ।

२१ औं मिनेटमा नेइमारले गोल गरे पनि त्यसपछि भने रियल सोसिडाडका खेलाडीले बार्सिलोनालाई मौका दिएनन् । दोस्रो लेग आउँदो बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।

Comments

comments