मेलबर्न । अष्ट्रेलियामा पढाई र करियरको बारेमा जान्न चाहनेहरुको लागि लक्षित गर्दै अष्ट्रेलियाको मेलबर्नमा एइसिसि ग्लोबल एजुकेसन एक्स्पो २०१७ हुँदैछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा विभिन्न कलेजहरुका प्रतिनिधिहरुसंग प्रत्यक्ष अन्तक्र्रिया गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकको भनाई छ । यस कार्यक्रमका सहभागी विद्यार्थीहरुलाई डिस्काउन्ट कार्ड समेत उपलब्ध गराइने बताइएको छ ।

एक्स्पोमा अष्ट्रेलियाका निम्न ७ विश्वविद्यालय र शैक्षिक संस्थाहरु सहभागी हुनेछन् :

–अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी

–चार्ल्स स्तुर्ट युनिभर्सिटी

–सेन्ट्रल कुअीन्स्ल्याण्ड युनिभर्सिटी

–डेअक इन युनिभर्सिटी

–फेडेरसन युनिभर्सिटी

–मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी

–भिक्टोरिया युनिभर्सिटी

सहभागीहरुले यस कार्यक्रमबाट छात्रवृत्तिको अवसर समेत पाउनेछन् । यस्तै डिस्काउन्ट कार्ड, स्टुडेन्ट भिसा अवधि बढाउन सहयोग लगायत विशेष सुबिधा सहित विभिन्न लक्की ड्रहरुको पनि व्यवस्था गरिएको बताइएको छ ।
एक्स्पो २३ जनवरी २०१७ का दिन दिउसो ३ बजेदेखि ५ बजेसम्म मेलबर्न भिक्टोरिया ३००० मा रहेको एइसीसी ग्लोबलको कार्यालयमा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments