मेलबर्न । कामवाट अलिकति फुर्सद मिल्यो कि घुम्नका लागि विदेश जाने नेपाली नायकका रुपमा चिनिन्छन् राजेश हमाल । युरोप, अमेरिकालगायत धेरै मुलुक पुगेर छुट्टी मनाएका छन् उनले ।

कहिले कार्यक्रमको अतिथि बनेर त कहिले साँस्कृतिक कार्यक्रमकै लागि पनि अष्ट्रेलिया पुगेका छन् उनी । अष्ट्रेलियाको सौन्दर्यको बर्णन शब्दमा सम्भव नहुने उनको भनाई छ । ‘त्यहाँको हरेक चिज राम्रो छ कुन चाँहि कुराको आलोचना गरौं’ उनले भने ‘नेपालवाट जानेहरुका लागि त स्वर्ग नै पुगेको अनुभूति हुन्छ ।’

अष्ट्रेलियामा रहेका विद्यार्थी र उद्यमी नेपालीहरुसंग पनि साक्षात्कार गरेका छन् उनले । उनलाई लाग्छ परिश्रमको फल पाईने मुलुक मध्ये एक हो अष्टे«लिया । उनी यो पनि भन्न छुटाउदैनन् ‘अष्ट्रेलियामा पुगेर अल्छि गर्नेले चाँहि केहि गर्न सक्दैनन्’

अष्ट्रेलियामा बस्ने धेरै नेपाली परिश्रमी भएको पाएका छन् नायक हमालले । उनको बुझाईमा अष्ट्रेलियाले आम मान्छेलाई आफ्नो खुट्टामा आफैं उभिने वातावरण तय गर्छ भने परिश्रमी हुन पनि सिकाउछ ।

अध्ययन गर्न गएका विद्यार्थीहरुले अष्ट्रेलियामा सजिलै करिअर बनाएको देखेका छन् उनले । भन्छन्–‘धेरै विद्यार्थी भाई बहिनीले सानको जीन्दगी जिएको देखेको छु, जुन सम्पन्नता अन्य मुलुकमा पाउन गा¥हो छ’ उनले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

नेपालमा मनोरञ्जनको साधन सीमित भएको धारणा राख्ने हमालले अष्टे«लियामा मनोरञ्जनका पनि धेरै सुविधा पाउने बताए । ‘तपाई के चाहनुहुन्छ त्यहि कुरा पाउनुहुन्छ ?’ उनले भने ।

आफूलाई अध्ययनमा रुची भएको धारणा राख्ने हमालले अष्ट्रेलियामा भएका केहि लाईब्रेरीको तारिफ गरे । ‘केहि यस्ता लाईब्रेरी छन् दिनभरि त्यहि बसेर पढन पनि पाईन्छ’ आफूले पढ्न चाहेका संसारका जुनसुकै पुस्तक पढ्न पाईने उनको बुझाई छ ।

अन्तमा अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सुझावको भाषामा हमाल भन्छन् ‘ढुक्कले जानुस् इमान्दारीपूर्वक मेहनत गर्नुस् करोडपति हुन बेर लाग्दैन ।’ अष्ट्रेलियामै उच्चा शिक्षा हाँसिल गरेका विद्यार्थीले विश्वका जुनसकै मुलुकमा गएर पनि आफ्नो योग्यता र क्षमता अनुसार काम पाउने उनको बुझाई छ ।

काठमाडौं स्थित हिमालयन कंगारुका प्रतिनिधिसंगको कुराकानीमा आधारित। 

Comments

comments