दुई दिनदेखि उकालो लाग्न थालेको सेयर बजार आज पनि उकालो लागेको छ विद्युत र विकास बैंकबाहेकका परिसुचकहरु बढ्दा समग्र सेयर बजार नै उकालो लागेको नेप्सेले जनाएको छ ।

आज ८ दशमलव १८ अंकले उक्लिएर एक हजार ३४ दशमलव ३९ अंकमा पुगेको छ । आज ३९ करोड ५९ लाख १६ हजार ४ सय ९९ रुपैयाँ बराबरको सेयर कारोबार छ लाख ८९ हजार ९ सय ६० कित्ता सेयर किनबेच भएका छन । यसैबीच समयमै नगद र आवश्यक कागजात बुझाउन नसकेको भन्दै नेपाल स्टक एक्सचेन्ज नेप्सेले नौं वटा ब्रोकर कम्पनीलाई कारोबार गर्नबाट बञ्चित गरेको छ ।

यसमध्ये आठ वटाले कागजात बुझाउन सकेका छैनन भने एउटाले नगद र कागजात दुबै बुझाउन नसकेको हो । कागजात बुझाउन नसकेर कारोबारबाट बञ्चित गरिएका ब्रोकर कम्पनीमा जेएफ सेक्युरिटिज प्रालि, प्रिमो सेक्युरिटिज प्रालि, एबिसी सेक्युरिटिज प्रालि, सगरमाथा सेक्युरिटिज प्रालि, नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालि, स्वेता सेक्युरिटिज प्रालि, एसियल सेक्युरिटिज प्रालि र त्रिसुल सेक्युरिटिज प्रालि छन्। ।

सेक्योर्ड सेक्युरिटिज प्रालिले भने नगद र कागजात दुबै बुझाउन सकेको छैन ।

Comments

comments