जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने  कर्णालीकै ठूलो र लामो जात्रा सोमबार देखि जारि छ |  पहिलो दिन  गाइजात्रा बाट सुरु भएको जुम्लाको जात्रा दोश्रो दिन  रोपाइँ जात्रा तेश्रो दिन  सानो पल्टन, मिम बादशाह र  चौथो दिन आज बिहिबार  मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिएको छ |

10603350_948973001795371_8981539197167476781_n

जात्रामा हेर्न सदरमुकाम खलंगामा  जात्रामा मानिसको ठुलो  भिड लागेको छ | जात्राका कारण मानिसको भिड बढे संगै स्थानीय प्राशासनले सम्भावित अपराधिक कृयाकलाप नियन्त्रणका लागि सुरक्षा व्यबस्था कडा पारेको बताएको छ |

श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै ठूलो जात्रालाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न पोसाक सहित र सदापोसाकमा प्रहरी परीचालन गरिएको प्रहरी नायव उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभएको छ  ।  जात्रामा सर्वसाधारणको धनमाल चोरी हुने सम्भावना बढी भएकोले पनि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।

10577193_948972378462100_258563124819940149_n

जात्रा हेर्न आउने मानिसहरु घरका छानाछानामा समेत खचाखाच बसेर रमिता हेर्ने गर्छन् | बाटो घाटोमा जात्रा चलिरहँदा  टिनका छाना भएका घरमा समेत केटाकेटी ,महिला र बुढाबुढी समेत जोखिम पूर्ण तरिकाले जात्रा हेर्ने पद्दति कायम रहेकोले सम्भावित दुर्घटना को जोखिम प्रति भने सचेत नभएको देखिन्छ | ( तस्विर सौजन्य: राधा पौडेल)

10557435_948973195128685_5760289861791110799_n

जीर्ण भएका घरको छतमामा सयौंको संख्यामा दर्शकहरु बसेर जात्रा हेर्ने चलन छ | जात्रा हेर्नेको बीचमा जुनकुनै बेला भागदौड मच्चिने अवस्था सिर्जना भए ठुलो मानवीय क्षेति हुनसक्ने सहजै अनुमान गर्न सकिने देखिन्छ | यद्यपि स्थानीय प्रहरी प्रशासनले यस प्रति पर्याप्त चासो दिन नसकेको देखिन्छ | 

10603350_948973001795371_8981539197167476781_n

Comments

comments