काठमाडौ । गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा चार पटकको च्याम्पियन क्यामरुनले पहिलो जित दर्ता गरेको छ । समूह ‘ए’ मा रहेको क्यामरुनले बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा पहिलो पटक प्रतियोगितामा भाग लिएको गिनी–बिसाउलाई २–१ ले हराएको हो ।

पहिलो खेलमा बराबरीमा रोकिएको क्यामरुनलाई जिताउन सिएनी र एनगाडेउ–एनगाडेजुइले गोल गरे ।

गिनी–

बिसाउनका लागि ब्रिटो सिल्भाले एक गोल गरे । जितपछि क्यामरुन दुई खेलबाट चार अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । समूह ‘ए’ अन्तर्गत राति नै भएको खेलमा आयोजक गाबोन र ब्रुकिना फासोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Comments

comments